प्रचण्डले पद छोडे पनि राजनीति गर्न नछोड्ने
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सक्रिय राजनीतिबाट बिदा नलिने भएका छन् । यद्यपि पदमा रहिरहनुपर्छ भन्ने मानसिकतामा भने आफू नरहेको उनले बताए ।
आज काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्न कुनै न कुनै भूमिकामा रहिरहने चाहना व्यक्त गरेका हुन् । सक्रियताका हिसाबले आफू जेनजी युवाभन्दा कम नरहेको उनको भनाइ छ ।
‘हुनतः हामी उमेरको हिसावले धेरैजसो नेताहरू उत्तराद्र्धतिर छौँ । तर, र…