गृहसचिव

गृहसचिवसहित सुरक्षा निकायका प्रमुखहरुको टोली दार्चुलाको टिंकरमा

गृहसचिव एक नारायण नेतृत्वको टोली दार्चुलाको टिंकर पुगेको छ । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतको टोली आज बिहान धनगढीबाट नेपाली सेनाको हेलिकोप्टर एनए ०६६ बेलमा त्यता गएको बताइएको छ । बिहान पौने ६ बजे धनगढीबाट उडेको उक्त हेलिकोप्टर साढे ६ बजे दार्चुलाको सदरमुकाममा केहीबेर रोकिएको बुझिएको छ । त्यसपछि सवा ७ बजे त्यहाँबाट प्रस्थान गरेको हेलिकोप्टर चाङग्रु गएको हो । …