गृहसचिव सुर्खेत हुँदै दैलेखतिर

गृहसचिव सुर्खेत हुँदै दैलेखतिर

गृहसचिव विनोदप्रकाश सिंह आज बिहान सुर्खेत जानुभएको छ । उहाँ बिहान पौने ८ बजे बुध्द एअरको उडानमा काठमाडौंबाट वीरेन्द्रनगर पुगेको र आजै दैलेख जाने कार्यक्रम रहेको बुझिएको छ । 

केह बेरअघि उहाँ सवार विमान सुर्खेत विमानस्थलमा अवतरण भएको हाम्रा सुर्खेत सम्वाददाताले जानकारी दिएका छन् । लगत्तै गृहसचिव सुर्खेत जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवन उद्घाटनको निम्ति क.प्र.००१ झ ००४८ नम्बरको गाडीमा त्यसतर्फ जानुभएको बताइन्छ । 

उहाँ आजै सुर्खेतबाट दैलेख जाने कार्यक्रम पनि तय भएको छ । गृहसचिव सिंहसँगै एमालेबाट कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री टेकराज पछाई पनि सोही विमानमा सुर्खेत जानुभएको छ ।
 

टिप्पणीहरू