हलचोकमा गृहसचिवको निर्देशन

हलचोकमा गृहसचिवको निर्देशन

गृहसचिव दिनेश भट्टराईले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सशस्त्रको प्रधान कार्यालय निरीक्षण भ्रमणपछि कानून र विधिद्वारा स्थापित आफ्ना जिम्मेवारीहरु समेत मनन गर्दैै राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर तोकिएका जिम्मेवारीहरु व्यावसायिक ढंगले उच्च मनोबलका साथ वहन गर्नुपर्ने धारणा राख्नुभएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राईलगायत प्रहरी हिरासतमा रहेको समयमा भट्टराईको उक्त धारणा आएको हो ।

सचिवले सीमा सुरक्षार्थ तैनाथ बलको निम्ति प्रतिकूल अवस्थामा रहेका बिओपीहरुको सुधार निम्ति समयानुकुल बन्दोबस्ती व्यवस्थापनमा गृह मन्त्रालय सकारात्मक रहेको आश्वासन दिनुभएको सशस्त्रले जनाएको छ ।

सचिवको धारणापछि महानिरीक्षक राजु अर्यालले राजश्व एवम् भन्सार संकलन बढाउनेतर्फ भन्सार कर्मचारी, प्रहरी, स्थानीय व्यापारीलगायत सम्बन्धित सरोकारवालाहरु सबैको रचनात्मक सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

टिप्पणीहरू