स्ववियु निर्वाचन

क्याम्पसको चुनाव एकैपटक गर्न सत्तापक्षीय विद्यार्थीको माग

स्ववियु निर्वाचन हुन बाँकी रहेका क्याम्पसहरुमा एकैचोटी चुनाव गर्ने वातावरण मिलाउन प्रमुख तीन विद्यार्थी संगठनले माग गरेका छन् ।  सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ, माओवादी केन्द्रको (अखिल क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले आज संयुक्त विज्ञप्ति निकालेर चुनावको मितिबारे आफ्नो सरोकार राखेका हुन् । विज्ञप्तिमा चैत ५ गतेको चुनाव विभिन्न कारणले रोकिएका क्याम्पसहरुमा यौटै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्…