क्याम्पसको चुनावबारे छलफल गर्न कांग्रेस, माओवादी र समाजवादी सम्बद्ध विद्यार्थीहरु एकै ठाउँमा

क्याम्पसको चुनावबारे छलफल गर्न कांग्रेस, माओवादी र समाजवादी सम्बद्ध विद्यार्थीहरु एकै ठाउँमा

आम चुनावमा जस्तै स्ववियु निर्वाचनमा पनि तालमेल गर्नेबारे प्रारम्भिक छलफलमा रहेका तीन ठूला विद्यार्थी संगठनका क्याम्पसस्तरीय नेताहरु भेटघाटमा जुटेका छन् । 

आज काेटेश्वर क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूका नेताहरुले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई सँगै राखेर स्ववियु निर्वाचनका विषयमा छलफल गरेका हुन् । उक्त छलफलमा नेविसंघका ईकाई सभापति संजय बुढाथोकी, क्रान्तिकारीका अध्यक्ष सराेज रायमाझी र  अनेरास्ववियूका अध्यक्ष रामकृष्ण थापा सहभागी थिए ।

त्यस्तै, क्याम्पस प्रमुख गाेबिन्द बहादुर कार्की, निर्वाचन अधिकृत सुरेश पाेखरेलसहित छलफलमा डेढ दर्जन विद्यार्थीको उपस्थिति रहेको बताइएको छ ।

स्ववियु निर्वाचन आगामी चैत ५ गतेका लागि तोकिएको छ ।

टिप्पणीहरू