स्ववियु निर्वाचनले रोक्यो लक्षित विद्यार्थीहरुको भर्ना सिफारिस

स्ववियु निर्वाचनले रोक्यो लक्षित विद्यार्थीहरुको भर्ना सिफारिस

त्रिभुवन विश्वविद्यालयले आउँदो चैत ६ गतेसम्म जनआन्दोलनका घाइते र फरक क्षमता भएका विद्यार्थीहरुलाई क्याम्पस भर्नाको निम्ति सिफारिस दिने प्रक्रिया स्थगित गरेको छ । 

त्रिविअन्तर्गतका सम्पूर्ण आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा लक्षित विद्यार्थीहरुलाई भर्नाको निम्ति दिइने सिफारिस प्रक्रिया रोकिएको जनाइएको छ । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचनका कारण सिफारिस रोक्नुपरेको जानकारी गराएको छ । 

जारी विज्ञप्तिमा भनिएको छ,‘त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा मिति २०७९ चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएकोले चैत ६ गतेसम्म जनआन्दोलन घाइते तथा फरक क्षमता भएका विद्यार्थीहरुलाई क्याम्पस भर्नाको लागि सिफारिस दिने प्रक्रिया स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

टिप्पणीहरू