न्यायाधीश

कोही डामिने, कोही नियुक्ति खाने

न्यायाधीशहरूको नियुक्ति नहुँदा न्याय सम्पादनको काम देशभर प्रभावित हुँदै आएपछि फागुन १५ गतेसम्म जिल्ला र उच्च अदालतमा न्यायाधीशहरूको पदपूर्ति गर्ने तयारी शुरु भएको छ । त्यसपछि मात्रै सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्ति गर्ने सल्लाह छ । पाच दिनअगाडि बसेको न्यायपरिषद् बैठकमा आचारसंहिताविपरीत काम गर्ने न्यायाधीशहरूविरुद्ध परेको उजुरीमाथि छिटो छानबिन टुंग्याउने निर्णय भएको छ । निलम्बित जिल्ला न्यायाधीशहरू बद्री ओली, अम्बिका निरौला, पर्शुराम कोइराला र राजकुमार कोइरालाविरुद्ध …