सान्ली
यता नेपालकी साइँली, उता चीनकी सान्ली
२०औँ शताब्दीको शुरुदेखि नै तिब्बत निकै गहिरो सामाजिक उथलपुथलबाट गुज्रिरहेको थियो । सोही क्रममा ल्हासामा जन्मेकी एक बुद्धिमानी र रूपमती नेपाली चेलीको जीवनमा एक चिनियाँ मौसमविद् भेटिएपछि नसोचेको परिवर्तन आयो । उनको सोही कथाले तिब्बतको आधुनिक इतिहाससँग गहिरो सम्बन्ध बनाएको छ । उनी हुन् चीनकी सान्ली अर्थात् नेपालकी साइँली छोरी । ब्राह्मण परिवारकी साइँली छोरी, उताकी बुहारी सान्ली नेपाली ब्राह्मण परिवारमा जन्मेकी थिइन् । बुबा ल्हासास्थित तत्कालीन नेपाली वाणिज्य दूतावासमा …