भोटेकोशी र सुनकोशी नदी
भोटेकोशी र सुनकोशीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदी आसपास बसोबास गर्नेहरुलाई सचेत गराइएको छ । स्थानीय प्रशासनले आज सार्वजनिक सूचना निकालेर भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा बस्नेहरुलाई विशेष सतर्कता अपनाउन भनेको हो । प्रशासनका अनुसार तिब्बत क्षेत्रमा असार ३ गतेदेखि ७ गतेसम्म अत्यधिक वर्षा हुने सम्भावना रहेकाले भोटेकोशी नदीको बहाव बढ्नसक्ने भन्दै चिनियाँ पक्षले पत्र पठाएको छ । सूचनामा भनिएको छ, ‘चीनको प्रहरी कार्या…