प्रधानमन्त्री केपी शर्मा ओली

आफ्नै आवाज तल–माथि हुने प्रधानमन्त्रीलाई डर

‘पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान जेलमा तर हालै सम्पन्न आमचुनावका निम्ति उनले आह्वान गरेको आवाज घर घरमा । त्यसरी नै मेरै फोटो र आवाज राखेर अर्कालाई भोट माग्देलान् कि भन्ने डर भैसक्यो, सामाजिक सञ्जालको दुरूपयोग उस्तै छ’, चुनाव प्रणाली सुधारसम्बन्धी प्रस्तावित कानुनबारे छलफल हुँदा निर्वाचन आयोगको टोलीसँग प्रधानमन्त्री केपी शर्मा ओली यसरी आशंकित हुनुभयो । अख्तियार टोलीसँग भेटेकै भोलिपल्ट राति साउन ३ गते प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको टिमसँग लामो छलफल गर्नु…