शहरी विकास मन्त्रालय

बालुवाटारमा एकाएक बाङबुङ

यताउता बानेश्वरमा निर्वाचन प्रक्रिया चल्दै थियो, बालुवाटारमा मुक्कामुक्की ! गत बुधबार राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित हुँदै गर्दा बालुवाटारस्थित उनी बस्ने क्वार्टरमा मुक्कामुक्की चलिरहेको थियो । त्यहाँ सरसफाइ गर्न पुगेका कर्मचारीबीच पाखुरा सुर्कासुर्की मात्र चलेन हात हालाहालै भयो । अध्यक्षको क्वार्टर सफाइ गर्न एउटै निकायका दुई वटा फरक शाखाबाट कर्मचारी पुगेसँगै ‘तैले सफा गर्ने कि मैले’ भन्ने विषयमा उनीहरूबीच पाखुरा सुर्कासुर्की र कुटाकुट चलेक…