शहरीमा तलैबाट टुप्पी समात्ने सुर

शहरीमा तलैबाट टुप्पी समात्ने सुर

मन्त्री छन्, समाजवादीका तर छानीछानी नियुक्ति खाँदै छन्, कांग्रेसीले । यस्तो अवस्था छ शहरी विकास मन्त्रालयमा ।

जसरी नागरिक उड्डयन प्राधिकरणमा सिनियर ६ कर्मचारीलाई जिल्लाराम खुवाउँदै प्रदीप अधिकारीले बाजी मारेका थिए, ठीक उही शैलीमा शहरी विकास तथा भवन निर्माण विभाग आधा दर्जन सिनियर डिजीलाई किनारा लगाउँदै डिडिजी कुमार घिमिरे फिट भएमा आश्चर्य नमाने हुन्छ ।

अर्वाैँको ठेक्कापट्टामा चलाउन पाइने निकायको रुपमा रहेको यो विभागका हाकिम सुरेन्द्र श्रेष्ठ १९ गतेबाटअनिवार्य अवकाशमा गएसँगै पाँचौं नम्बरमा रहेका कुमार घिमिरेले लबिङ तीव्र पारेका छन् । सोही प्रयासअनुसार उनी मंगलबार बिहान पुल्चोक पुगेर मन्त्रीसँग भेटेको स्रोतको दाबी छ ।

यसअगाडि नै महानिर्देशक चलाएर बाहिरिएका पदमकुमार मैनाली, अहिले मन्त्रालयमा छन् । यस्तै रामचन्द्र दंगाल, नवराज प्याकुरेल र चक्रवर्ती कण्ठहरू प्रवल दावेदार हुन् । कम्युनिष्ट पृष्ठभूमिका कण्ठ अखिलको प्राक हुँदै विभिन्न संगठनमा बसेर काम गरेका र अहिले बाग्मती सभ्यता हाँकिरहेका छन् ।

कुमार भने संघीय संंघीय सचिवालयको निर्माण तथा व्यवस्थापन कार्यालय प्रमुख छन् । कोही किन संगठन भनेर दौडिरहने, एकीकृत समाजवादी निकटकै एक इञ्जिनियरको प्रश्न हो यो ।

टिप्पणीहरू