इलाम र बझाङमा मतदानसँगै सेनाको हवाई गस्ती शुरु

इलाम र बझाङमा मतदानसँगै सेनाको हवाई गस्ती शुरु
सुन्नुहोस्

इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु मतदान साँझ ५ बजेसम्म हुने बताइएको छ । 

मतदान केन्द्रहरूको सुरक्षाको निम्ति नेपाली सेनाको हवाई गस्तीको प्रबन्ध पनि मिलाइएको छ । बझाङका २३ वटा मतदान केन्द्र अति संवेदनशील मानिएको छ । साइपाल गाउँपालिकाको काँडा, धुली र न्युना केन्द्रको मतपेटिका हेलिकोप्टर मार्फत् संकलन गरिने जानकारी दिइएको छ । बझाङमा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।


 मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । इलाममा ३७ मतदान केन्द्रलाई अति संवेदनशील मानिएको छ । 

बझाङमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । इलाममा सभासद् सुवास नेम्वाङको निधनका कारण र बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो ।

टिप्पणीहरू