दीपक भट्ट
बिचौलिया भट्ट बैंककतिर
सत्ताशक्तिलाई हातमा लिएर सरकारी सम्पत्तिमा लुट मच्चाउँदै आएका बिचौलिया दीपक भट्ट सिआइबी र सम्पत्ति शुद्धिकरणले घनिभूत छानविन चलाइरहेकै बेला थाइल्याण्डको राजधानी बैंकक पुगेको पाइएको छ । मंसिर १८ गते विदेश उडेका उनी ९ दिनपछि फर्किएका थिए । उनीसँगै मारवाडी व्यापारी उपेन्द्र हिरावत पनि त्यता गएको श्रोतले बतायो । बिए०००७९९१ नम्बरको राहदानी वाहक भट्ट र जेड ५६५६८०९ नम्बरको भारतीय राहदानी हिरावत सँगै थाइ एअरवेजको उडान नम्बर टिजी ३२० मा बैंकक गएका हुन् । मंसिर २७ गते उनीहरू उ…