टेलिकमको बिलिङ प्रणालीमा अनियमितता भएको अख्तियारको दाबी
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको छ । टेलिकमको बिलिङ प्रणालीमा अनियमितता गरिएको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठसहित चिनियाँ कम्पनीका प्रतिनिधिहरुलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध कुल ३३ करोड ४८ लाख बिगो मागदाबी गरिएको छ ।
उक्त प्रकरणमा अख्तियारले ३४ जनासँग बयान लिएकोमा १…