धर्नाबारे भ्रम उत्पन्न भएको भन्दै नेपाल टेलिकमले भन्यो, ‘हाम्रो कुनै सरोकार छैन’
नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयको प्रांगण बाहिर केही व्यक्ति र समूहले धर्ना दिएकोबारे सञ्चारमाध्यममा भ्रम उत्पन्न भएको भन्दै त्यसबारे स्पष्ट पारेको छ ।
टेलिकमले विगतमा सेवा प्रदायक कम्पनीसँग भएको सम्झौता समाप्त भई प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेकाले धर्नाकारीसँग टेलिकमको कुनै सरोकार नरहेको प्रष्ट्याएको हो ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज विज्ञप्ति जारी गर्दै कम्पनीले सेवा विस्तार, मर्मत सम्भारलगायत सेवा प्रवाह तथा कार्य सञ्चालनका लागि आवश्यकता बमोजिम विभिन्न समयमा सेवा प्रदायक कम्पनीसँग सम्झौता गरिने र अवधि सकिएसँगै त्यस्ता सम्झौता टुंगिने नियमित प्रक्रिया भएकाले अन्यथा बुझ्न नहुने जानकारी दिए ।
साथै, सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था रहेको पनि उनले बताएका छन् ।
टिप्पणीहरू