सेयर बजार

रिक्त गभर्नर र बैंकहरुको घट्दो नाफाको असर सेयर बजारमा

मुलुकको सेयर बजार आज घटेको छ । आज सेयर बजारको परिसूचक नेप्से १६. ६८ अंकले घटेको छ । क वर्गका वाणिज्य बैंकहरुले आज बिहान सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणमा अधिकांशको नाफा तुलनात्मक रुपमा घटेको र केहीको ऋणात्मक देखिएकाले त्यसको असर सेयर बजारमा परेको बताइन्छ ।  नेप्से घटेर आज २७०६ अंकमा कायम भएको छ । बैंकहरुको घट्दो नाफासँगै केन्द्रीय बैंकमा गभर्नर नियुक्तिमा विलम्ब भएपछि त्यसको असर सेयर बजारमा परेको धेरैको विश्लेषण छ । विशेषगरी बैंक तथ…