लड्ने देशहरु,मर्ने पत्रकार

लड्ने देशहरु,मर्ने पत्रकार

इजरायली सेनाले अल जजिराकी पत्रकार सिरिन अबु अक्लेहको टाउकोमा गोली हानी हत्या गरेको छ । जेनिन शहरमा इजरायली आक्रमणको समाचार संकलन गरिरहेको बेला आज उनीमाथि गोली प्रहार भएको हो ।

वेस्ट ब्यांकमा इजरायली सेनाले हानेको गोलीबाट घाइते भएकी सिरिनको अस्पतालमा मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सेना र प्यालेस्टिनी बन्दुकधारीबीच झडपको क्रममा उनी मारिएको हुनसक्ने इजरायली सेनाले जनाएको छ । आक्रमणमा अर्का पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ ।

टिप्पणीहरू