बेहुलीको भेषमा परीक्षा केन्द्र पुगेपछि

बेहुलीको भेषमा परीक्षा केन्द्र पुगेपछि

मानिसलाई पढाइभन्दा ठूलो केही हुँदैन भन्ने उदाहरण भारतकी एक युवतीले दिएकी छन् । गुजरातमा एक युवती परीक्षा हलमा बेहुलीकै श्रृंगारमा प्रवेश गरेकी हुन् । गुजरात राजकोटकी ती युवती विवाहको दिन परीक्षा तालिका परेकाले परीक्षा हलमा बेहुलीकै पोशाकमा प्रवेश गएकी थिइन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शिवांगी नामकी ती युवती स्नातक तहकी विद्यार्थी हुन् । उनले बिहान परीक्षा दिएर दिउँसो बिबाहको जग्गेमा बस्ने व्यवस्था मिलाएकी थिइन् । त्यसैले उनी बिहानै बेहुलीको श्रृंगारमा सजिएर परीक्षा हलमा गएकी हुन् ।

परीक्षा हलबाट निस्कँदै गर्दा उनले भनिन्, ‘मेरो बिहेको मिति तय हुँदा परीक्षाको तालिका आएको थिएन । अब मेरो भाग्य नै यस्तो रहेछ, बिहे हुने दिन नै परीक्षा पर्यो के गर्ने ? त्यसैले मैले परीक्षा पनि दिने र बिहे पनि गर्ने निर्णय लिएँ ।’

टिप्पणीहरू