नेपाली अमेरिका पुगे पनि पैसाको हुर्मत

नेपाली अमेरिका पुगे पनि पैसाको हुर्मत

नेपालीमा एउटा उखान छ, ‘नानीदेखिको बानी’ अर्थात् मानिसको सानै उमेरदेखिको बानी छुट्न मुश्किल हुन्छ । उसले जति अध्ययन गरोस् वा अनुभव गरोस् तर बानी सुधार्न गाह्रै हुन्छ । त्यो मूलतः नेपालीमा धेरै लागु भएको मानिन्छ ।

नेपाल र भारतमा हिन्दू र बौध्द धर्मावलम्वीले कानुन र नियमलाई लत्याएर भए पनि परम्परा भन्दै धेरैजसो धार्मिक कार्यमा आफ्नो हठलाई जारी राखेको देखिन्छ । दशैं, तिहार र अन्य पर्व तथा धार्मिक कार्यमा मुलुकको कागजी मुद्रालाई जानाजान रंगाउने र बिरुप पार्ने गरिन्छ ।

राज्यले पनि त्यसो नगर्न अनुरोध गर्दै आएको छ तर सुनेको पाइन्न । धार्मिक हिसाबले भारत र नेपालमा राज्यले त्यस्ता गतिविधि नगर्न अनुरोध गरे पनि कानुन कार्यान्वयन भएको छैन र हुन पनि अप्ठेरो छ ।

तर,विभिन्न हिसाबले अमेरिका पुगेका नेपालीले आफ्नो चाडबाड मनाउने क्रममा त्यहाँको कागजी मुद्रा डलरलाई समेत त्यसैगरी बिगारेको चित्र सामाजिक सञ्जालमा हालेको देखिन्छ । लक्ष्मीपूजा मनाउने भन्दै अमेरिका,युरोप,अष्ट्रेलिया र जापानमा समेत स्थानीय कागजी नोटको पूजा गरेको तस्विरलाई हेरेर नेपालीको आनीबानी जहाँ गए पनि नसुध्रने भनेर खिसिट्युरी गर्न थालिएको छ ।

टिप्पणीहरू