विद्युत सर्ट हुँदा आगलागी, करोडौंको क्षति

विद्युत सर्ट हुँदा आगलागी, करोडौंको क्षति

बुटवलको एउटा सलाई उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–१६ स्थित परसहवा घाटमा रहेको महालक्ष्मी सलाई उद्योगमा गएराति आगलागी हुँदा ४ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले अनुमानग गरेको छ ।

विद्युत सर्ट भएर गएराति ८ बजे आगलागी भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी सत्य थापाका अनुसार रुपन्देहीसहित छिमेकी जिल्लाका पालिकाबाट आएका ९ वटा दमकलले आज बिहान ८ बजे आगो नियन्त्रणमा लिएका थिए ।

आगो निभाउन बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, खैरेनी नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाको दमकल पुगेका थिए ।

टिप्पणीहरू