काठमाडौं महानगरमा विद्युतीय माध्यमबाट कर तिर्न सकिने

काठमाडौं महानगरमा विद्युतीय माध्यमबाट कर तिर्न सकिने

काठमाडौं महानगरपालिकाले विद्युतीय माध्यमबाट कर तथा राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । महानगरले सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

यो व्यवस्था सञ्चालनमा आएसँगै अब ईसेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सोझै र एकाउन्ट नभएकाले नजिकैका ईसेवा जोन तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सक्नेछन् ।

स्थानीय तहमा बुझाइने कर तथा सेवाशुल्क अनलाइनमार्फत भुक्तानी गर्दा त्यसक्षेत्रका बासिन्दालाई सहज हुनुका साथै कोभिड–१९को संक्रमणबाट सुरक्षित हुने महानगरको अपेक्षा छ ।

महानगरका अनुसार सेवाग्राहीले दुई तरिकाबाट त्यस्तो रकम भुक्तानी गर्न सक्नेछन् । जसका लागि प्रारम्भमा वडा कार्यालयमा आफ्नो इमेल र फोन नम्बर दर्ता गराई लगइन आईडी लिनुपर्ने हुन्छ ।

त्यसपछि ईसेवाबाट सोझै भुक्तानी गर्न सकिनेछ । काठमाडौं महानगरपालिकाको वेबसाइटबाट पनि युजर नेम र पासवर्ड हालेर ईसेवामार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने जनाइएको छ ।

टिप्पणीहरू