राजसंस्थाको समर्थनमा काठमाडौंमा र्‍याली, वनकालीदेखि निर्मल निवाससम्म पैदल

राजसंस्थाको समर्थनमा काठमाडौंमा र्‍याली, वनकालीदेखि निर्मल निवाससम्म पैदल

काठमाडौंमा राजसंस्थाको समर्थनमा शाही शक्ति नेपालले र्याली निकालेको छ । पशुपती वनकालीदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्म शाही शक्ति नेपालले राजसंस्था बिना राजतन्त्र सान्दर्भिक हुँदैन सन्देशका साथ र्‍याली निकालेको हो ।

आरटीएफका अध्यक्ष मणिन्द्र राजभण्डारीको नेतृत्वमा निकालिएको र्‍यालीका सहभागीले नेपालको राष्ट्रिय झण्डा र पूर्वराजा र रानीको फोटो अंकित टिशर्ट लगाएका थिए । उनीहरुमध्ये केही बस, सुमो, बाइकमा चढेका थिए भने तराई मूलका अधिकांश पैदल यात्रामा देखिन्थे ।निर्मल निवास नजिकै कोणसभा गरेर उनीहरुले राजतन्त्र र राजसंस्थाको समर्थनमा नारा लगाएका छन् । वक्ताहरुले राजसंस्थाको वकालतमा आफ्नो धारणा राखेका हुन् ।

टिप्पणीहरू