एक भारतीय र दुई नेपाली लागू औषध कारोबारी पक्राउ

एक भारतीय र दुई नेपाली लागू औषध कारोबारी पक्राउ

नेपाल भारतको सीमावर्ती जिल्ला झापामा लागू औषधको कारोबारमा संलग्न व्यक्तिहरुविरुद्ध प्रहरी सक्रिय बनेको छ । झापाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ बर्षीय रतन सिंह रहेका छन् ।

हिजो राती साढे ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ बसपार्कको होटलबाट सुबेदी र कार्कीलाई ब्राउन सुगर ६ ग्राम ७०० मिलि ग्राम सहित पक्राउ गरेको हो ।

त्यस्तै हिजोनै दिउँसे ३ बजेतिर लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाको टोलीले मेचीनगर नगरपालिका ६ तुर्केनी खेल मैदान छेउबाट रतन सिंहलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषधमा कारवाही गर्न थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू