नापीका कर्मचारी कुट्नेलाई रिहाको माग गर्दै धर्ना

नापीका कर्मचारी कुट्नेलाई रिहाको माग गर्दै धर्ना

पोखरामा नापी कार्यालयका कर्मचारी कुट्ने व्यक्तिलाई बिना शर्त रिहा गर्न माग गर्दै धर्ना दिइएको छ । जिल्ला प्रशासन कार्यालय, कास्की अगाडि आज दिउँसो पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित बसपार्कमा बसोबास गर्ने र जिल्लामा विभिन्न ठाँऊमा रहेका सुकुम्बासीहरूले धर्ना दिएका हुन् ।

मंगलबार महानगरको ९ नम्बर वार्डमा रहेको सुकुम्बासी जग्गालाई जग्गाधनीहरूले नापी गर्ने प्रयोजनको निम्ति नापी कार्यालयबाट कर्मचारी पठाएको र ती कर्मचारीलाई सुकुम्बासीहरुले हातपात गरेको भनिएको छ ।

हातपातमा संलग्न भएको आरोपमा हिजो स्थानीय वुद्धिबहादुर विकलाई प्रहरीले पक्राउ गरेको बिरोधमा आज उनीहरुले धर्ना दिएका हुन् ।

धर्नाकारीहरुले विकको विनाशर्त रिहाइको माग गर्दै नाराबाजी समेत गरेका छन् । धर्नालाई माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल नेपाल सुकुम्बासी संघ, कास्की जिल्लाका अध्यक्ष हर्कमान विश्वकर्मा नेतृत्वको टोलीले समेत साथ दिएको छ ।

टिप्पणीहरू