राजधानीमै २ वटा गोरुको घाँटी रेटियो

राजधानीमै २ वटा गोरुको घाँटी रेटियो

काठमाडौंमा गोरुको घाँटी रेट्दै गरेको अवस्थामा ५ जना पक्राउ परेका छन् । शंखरापुर नगरपालिका–३, ढोक्साङमा दुई वटा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई रंगेहात पक्रेको हो ।

पक्राउ पर्नेमा स्थानीय बोजेनी बस्ने ६५ वर्षीय सन्तबहादुर वाइवालगायत ५ जना छन् । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग,साँखुबाट खटिएको प्रहरी टोलीले झण्डै ५ सय किलो गोरुको मासुको थुप्रोसहित पक्राउ गरेर कारबाही अघि बढाएको हो ।

टिप्पणीहरू