धादिङ्गमा बस र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

धादिङ्गमा बस र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका-८ ससाहमा बस र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार नीलकण्ठ-३ रिजालथोककी ३५ सुशीला भुजेलको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी भुजेललाई उपचारको लागि धादिङ अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुगेको केहिबेरमै उनको मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ ।

मलेखुतर्फबाट धादिङबेसी आउँदै गरेको बा १६ प ६६८५ नम्बरको मोटरसाइकललाई सोहितर्फबाट आउँदै गरेको बा ५ ख १२५० नम्बरको बसले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

प्रत्यक्षदर्शीका अनुसार साँघुरो घुम्ती बाटोमा उछिन्न खोज्दा बसको पछाडिको चक्काले मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करपछि मोटरसाइकलमा सवार भुजेलको कम्मरमा बसको चक्काले किचेको थियो ।

बस र मोटरसाइकल दुबै प्रहरीको नियन्त्रणमा छ । मोटरसाइकल चालक भने सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

दुर्घटना स्थल आसपास नेपाल टेलिकमले फाईवर नेटको तार बिछ्याउने क्रममा सडक छेउछाउ जताततै ढुङ्गा गिट्टी माटो थुपार्दा बाटो एकतर्फी बनेको छ ।

टिप्पणीहरू