२०८ औं बर्ष पुगेछन् घाँसीकुवाका भानु

२०८ औं बर्ष पुगेछन् घाँसीकुवाका भानु

आज भानुजयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाईंदै छ । आदिकवि भानुभक्त आचार्यको जन्मदिनलाई भानुजयन्तीको रुपमा मनाउने गरिन्छ ।

वि.सं. १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुँदी रम्घा गाउँमा जन्मिनु भएका भानुभक्तको त्यतिबेला ओझेलमा परेको नेपाली भाषालाई थपउत्थान कार्यमा अतुलनीय योगदान रहेको छ ।

१५ औं शताब्दीमा अहिलेको नेपाली भाषालाई खस भाषा भनिन्थ्यो । त्यतिबेला खस राजाहरुको पराजयसँगै खस भाषा पनि ओझेलमा परेको थियो ।

नेपाली भाषाका प्रथम कवि मानिनुभएका भानुभक्तले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिव्यक्त गर्नुभएको छ । उहाँलाई आदिकविको उपाधी दिइएको छ ।

एकजना घाँसीबाट प्रेरणा पाउनु भएका भानुभक्तले धेरै कविता लेख्नुभएको छ । त्यतिबेलाको समयमा पनि उहाँले पूरै रामायणलाई संस्कृतबाट सरल नेपाली भाषामा लिपिबद्ध गर्नुभएको थियो ।

उहाँले अध्ययन र ज्ञानलाई भाषामार्फत् सरलीकृत गर्दै सबैलाई नेपालीको सरल पहुँचमा विस्तार गर्नु भएको हो ।

टिप्पणीहरू