म एमालेमा फर्केको हो,ओलीतिर गएको छैन-वामदेव गौतम
सत्तारुढ नेकपा (एमाले) भित्रको आन्तरिक किचलोले राष्ट्रिय राजनीति तातिरहेका बेला राष्ट्रियसभा बैठकमा समेत त्यसले चर्चा पाएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्यसमेत रहनुभएका उपाध्यक्ष वामदेव गौतमले एमालेको आन्तरिक विवाद सुनाउनुभएको हो ।
बैठकमा बोल्दै गौतमले सर्वोच्चको फैसलापछि मात्र एमाले बिबाद समाधान हुने पनि बताउनुभयो । ‘पार्टीको विवाद मिलाएर आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो,तर अहिलेसम्म आएको छैन । मैले पहिले नै भनेको थिएँ कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ ।सर्वोच्चको निर्णयपछि हाम्रो पार्टी एकीकृत हुन्छ’, गौतमले भन्नुभयो ।
गौतमले पछिल्लो केन्द्रीय कमिटीको बैठकमा जाँदा अर्को पक्षले दु:खमनाउ गरेको सुनेको भन्दै आफू एमाले हो भन्ने प्रमाण पेश गर्न मात्र गएको बताउनुभयो । ‘वामदेव केपीतिर गयो भनेर दु:ख मानेको भन्ने सुनें । म कतै गएको होइन, नेकपा एमाले भएको प्रमाण पेश गर्न गएको हो’,उहाँले भन्नुभयो ।
टिप्पणीहरू