प्रचण्ड सपरिवार हात्तिवन रिसोर्टमा

प्रचण्ड सपरिवार हात्तिवन रिसोर्टमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको दक्षिणकाली नजिकै रहेको हात्तिवन रिसोर्ट पुग्नुभएको छ ।

प्रायः दलभित्रको राजनीतिक खिचातानीमा आरामसहित आवश्यक रणनीति बनाउन राजधानी नजिकैका शान्त होटल र रिसोर्टमा जाने गर्नुभएका दाहाल यस पटक राष्ट्रिय राजनीतिमा देखिएको आँधीअघिको सन्नाटालाई चिर्न त्यहाँ जानुभएको एकथरिको बुझाई छ ।

तर पारिवारिक स्रोतले भने उहाँ नितान्त पारिवारिक भेटघाटको लागि हात्तीवन जानुभएको बताएको छ । उहाँ दिउँसो सवा ३ बजे रिसोर्ट पुग्नुभएको हो ।छोरी, ज्वाई र नातिनीहरु सहित आजको रात उतै बिताउनेगरी जानुभएको हो ।

हिजो बिहान ९:०० बजे उपप्रधानमन्त्री बिष्णु पौडेल तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि दक्षिणकाली मन्दिर दर्शनको लागि जान लागेकोमा अन्तिम घडी प्रधानमन्त्रीले बोलाएकोले कार्यक्रम रध्द भयो । नेपाली काङ्ग्रेसबाट पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह भने पुग्नुभयो ।

टिप्पणीहरू