भक्तपुरमा महिलाहरुको संवेदनशील अंग समाउँदै हिँड्ने व्यक्ति पक्राउ
सार्वजनिक स्थानमा महिलाहरुलाई जिस्क्याउने, दुःख दिने एक युवा पक्राउ परेका छन् । रामेछापको सुनापती गाउँपालिका ५, रुपाकोट स्थायी घर भई हाल भक्तपुरको कमलविनायक बस्ने ३६ वर्षका चमारसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले भक्तपुरको कमलविनायकस्थित आदर्श चोकलगायतका सार्वजनिक स्थानका भित्री सडकखण्डमा हिँडडुल गरिरहेका महिलाहरुलाई मोटरसाइकलमा चढेर आएको व्यक्तिले चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा समाउने, जिस्काउने, यौनाङ्ग देखाउन लगाउनेलगायतका कार्यहरु गर्दै आएका थिए ।
महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दिपक गिरीका अनुसार तामाङले गत बैशाख ११, १२, १५, जेठको १० गते असारको १ र १० गते महिलामाथि उक्त क्रियाकलापहरु गरेको हुलियासहितको निवेदन प्राप्त भएपछि अनुसन्धान थालिएको थियो ।
निवेदनमा उल्लेख गरिएको हुलियाको आधारमा खोज्ने क्रममा तामाङ पक्राउ परेका हुन् । उनलाई प्रहरीले भत्केको पाटीबाट पक्राउ गरेको हो ।
टिप्पणीहरू