मास्क नलाई बैंकमा पसेका ग्राहकलाई गोली हाने गार्डले

पहिले पहिले मुख छोपेर बैंक वा सँवेदनशील स्थानमा पस्ने जो कोहीलाई लुट्न आएको आशंकामा ठाउँको ठाउँ गोली हानिन्थ्यो । तर, अहिलेको कोरोना महामारीमा बैंकमा छिरेका एक जना ग्राहकलाई भने बैंकका गार्डले मास्क नलगाएको भन्दै गोली हानेर ढालेका छन् ।

भारतको बरेलीस्थित सिभिल लाइन्स स्टेशन रोडको बैंक अफ बडौदामा कोरोना महामारीको समय मुखमा मास्क नलगाई छिरेको भन्दै गार्डले एक पुरुषमाथि गोली प्रहार गरेका हुन् ।

हालै सार्वजनिक गोली प्रहारको भिडियोमा ग्राहक तत्काल भुईंमा ढलेका देखिन्छन् । रगताम्मे उनी अचेत छन् भने पत्नीले गार्डलाई सोधेकी छिन् ‘तैंले कसरी र किन गोली हानिस् ?’ त्यहि क्रममा उनी कसैलाई खबर गर्न फोनमा नम्बर डायल गर्न लागेको समेत देखिन्छ ।

बैंकमा उपस्थित अन्य ग्राहकहरु भने गोली प्रहारको तमाशा हेरिरहेका देखिन्छन् । उक्त भिडियो खिचिरहेका एक जना पुरुषले गार्डलाई ‘अब तिमी जेल जान्छौ’ भनेको सुनिन्छ । जवाफमा गार्डले ‘केही छैन यिनी पनि मसँगै जेल जान्छन्’ भनेको सुनिन्छ ।

प्रहरी गोली प्रहारको केही समयपछि घटनास्थल पुगेको बताइन्छ ।

https://youtu.be/b_UBXN_bCDU

टिप्पणीहरू