चितुवाको छालासहित काठमाडौंमा २ जना पक्राउ
काठमाण्डौँको स्वयम्भुबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।
आज दिउँसो प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले चितुवाको छाला बिक्री वितरण गरिरहेको अवस्थामा सिन्धुलीको मरिन गाउँपालिका–३, सिरटोल घर भई स्वयम्भु बस्दै आएका ३२ वर्षिय सुशिलकुमार वाइबा र सिन्धुलीकै घ्याङलेख गााउँपालिका–१, अमले घर भई स्वयम्भु बस्दै आएका ३४ वर्षीय कान्छाराम वाइबालाई पक्राउ गरेको हो ।
चितुवाको छाला ओसारपसार गरी ६ लाख रुपैयाँमा बिक्री वितरण भइरहेको सुराकीको आधारमा १ थान चितुवाको छाला सहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको बताइएको छ ।
टिप्पणीहरू