निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार बढी सवारी साधन नियन्त्रणमा
जारी निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा मुलुकभर निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९ सय २६ वटा चार पाङ्ग्रे र २ हजार ८६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछपछि छाडिएको छ ।
साथै नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १ सय १६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । त्यसअन्तर्गत हालसम्म ४ लाख ५६ हजार ५ सय ८७ जनालाई निःशुल्क मास्क वितरण गरिएको बताइएको छ ।
जारी निषेधाज्ञा उल्लंघन गर्ने २ सय ९ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम आज २२ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ । सोक्रममा १ हजार ८ सय ६४ जनालाई सम्झाई बुझाई छाडिएको छ ।
यसबीचमा सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितका ५१ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ३ सय ५२ जनालाई सचेत गराइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू