महामारीबीच मंगोलियामा राष्ट्रपतीय निर्वाचन (भिडियो सहित)

महामारीबीच मंगोलियामा राष्ट्रपतीय निर्वाचन (भिडियो सहित)

कोरोना महामारीबीच मंगोलियनहरुले आज नयाँ राष्ट्रपतीय निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेका छन् । आज बिहानदेखि भएको निर्वाचन साँझ सकिएको छ । आजको निर्वाचनमा तीन जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

वर्तमान राष्ट्रपति तथा डेमाक्रेटिक पार्टीका खाल्टमागिन बाटुल्गा र हालैको चर्को बिरोधपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य पारिएका मंगोलियन पिपुल्स पार्टीका उखना खुरेलसुखबीच निकै कडा प्रतिस्पर्धा हुने ठानिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार महामारीको कारण आजको मतदानमा थोरैको उपस्थिति देखिन्थ्यो । संक्रमणबाट जोगिनुपर्ने भएकाले मतदान प्रक्रिया पनि निकै सुस्त भएको थियो ।

२० लाख ४१ हजार मतदाता रहेकाे मंगाेलियामा आज ४५ दशमलब ६ प्रतिशत मतदान भएकाे बताइएकाे छ ।

गत साता कोरोना संक्रमितको संख्या सबैभन्दा उच्च रहेको मंगोलियमा हालसम्म मृत्यु हुनेको संख्या ३ सय २५ पुगेको छ । यसबीचमा त्यहाँ छैठौं पटक राष्ट्रपतीय निर्वाचन भएको हो ।

हालैको संविधान संविधान संशोधनपछि मंगोलियमा संसद र राष्ट्रपति दुबैलाई शक्तिशाली बनाइएको छ । राष्ट्रपतिलाई भने भिटो अधिकार दिइएको छ । संविधान संशोधनपछि राष्ट्रपतिको कार्यकाल ६ वर्षको बनाइएको छ ।

टिप्पणीहरू