ज्योति गुप्रद्वारा कोभिड राहतमा २ करोडको सहयोग

ज्योति गुप्रद्वारा कोभिड राहतमा २ करोडको सहयोग

नेपाली उद्योग क्षेत्रका चिरपरिचित नाम ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. र भाजुरत्न ट्रेडिङ्ग कम्पनि प्रा.लि. ले कोभिड महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब २ करोड रकम सहयोग स्वरुप प्रदान गरेको छ ।

ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा रु. १० लाख राहत रकम प्रदान गरिएको छ । सहयोगकै क्रममा Creasion Nepal  लाई रु. ५ लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई रु. ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस्र हेल्थी नेशन फाउण्डेशन लाईरु. ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस् सहयोग उपलब्ध गराइएको छ ।

यसका साथै गंगालाल अस्पताललाई ५ लाखको PAPR सुट प्रदान गरेको छ । जर्मन अक्सिजन प्लान्टका लागि NBI (National Business Initiative) लाई १५ लाख र त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजनउत्पादन कम्पनि NOVAIR अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गो सहित कुल रु. १ करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको छ ।

त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रति मिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।

 

 

 

टिप्पणीहरू