कोरोनासँगै कालो ढुसीको आतङ्क : वीरगञ्जमा ३ को मृत्यु, ५ जनालाई भारत पठाइयो

कोरोनासँगै कालो ढुसीको आतङ्क : वीरगञ्जमा ३ को मृत्यु, ५ जनालाई भारत पठाइयो

कोरोना महामारीसँगै तीब्र गतिमा फैलन थालेको ब्ल्याक फङ्गस अर्थात् कालो ढुसीबाट आँखा र नाकमा हुने म्युकरमाइकोसिस संक्रमणले वीरगञ्जमा तीन जनाको मृत्यु भएको छ ।

संक्रमणबाट मुक्त भएका र रोग प्रतिरोधात्मक शक्ति कमजोर भएका बिरामीहरुमा यो रोग फेला परेको नारायणी अस्पतालका चिकित्सक डा.निरज सिंहले बताउनुभयो ।

वीरगञ्जमा पहिलो पटक देखापरेको ब्ल्याक फङ्गस हालसम्म आठ जनामा पुष्टि भए पनि तीन जनाको मृत्यु भएको छ । बाँकी पाँच जनालाई भारतका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको पनि डा. सिंहले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो मात्र ‘यसको उपचार नेपालमा पूर्ण नरहेको बताएको थियो ।’ डा. सिंहले पनि ‘नेपालमा उक्त रोगको उपचार सम्भव नदेखिएकाले भारत पठाइएको र उनीहरुको उपचार पटना र लखनउमा भइरहेको” बताउनुभयो ।

एक महिनाअघि वीरगञ्जको एडभान्स अस्पतालमा उपचारार्थ आएकी वीरगञ्ज–२७ अलौकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फङ्गसको संक्रमण पुष्टि भएको थियो । तर,पछि ती महिलालाई बचाउन नसकेको समेत उहाँले जानकारी दिनुभयो ।

त्यसपछि बाराका ५५ वर्षीय पुरुषमा पनि उक्त रोग देखिएको र काठमाडौंमा जेठ ३ गते उपचारको क्रममा उनको मृत्यु भएको थियो । यस्तै,वीरगञ्जकै ६७ वर्षीय पुरुषको पनि वैशाख ३० गते उक्त रोगको कारण निधन भएको सिंहले बताउनुभयो ।

टिप्पणीहरू