पाटनमा थप वकिलको दुखद अवसान
कोरोना संक्रमणबाट उच्च अदालत पाटन,बारका २ सदस्यको निधन भएको छ । दोस्रो लहरको कोरोना महामारीमा उच्च अदालत बार एशोसियसन पाटनले चार जना अधिवक्ता गुमाएको छ ।
केही साताअघि दुई अधिवक्ता गुमाएको पाटन बारले हिजो फेरि दुई जना अधिवक्ता गुमाएको हो ।
उच्च अदालत बार एशोसिएशन पाटनका सदस्यहरु अधिवक्ता भाइराजा राई र लेखराज गौतमको संक्रमणबाट निधन भएको हो ।
यसअघि गणेश श्रेष्ठ र रत्नप्रसाद न्यौपानेको पनि कोरोनाबाट ज्यान गएको थियो ।
टिप्पणीहरू