विद्यालय हातामा सयौं बालबालिकाको अवशेष

विद्यालय हातामा सयौं बालबालिकाको अवशेष

क्यानाडाको सबैभन्दा ठूलो आदिवासी आवासीय विद्यालय हातामा २ सय १५ जना बालबालिकाको शवको अवशेष फेला परेको छ । ती सबै तीन वर्ष मुनिका बालबालिकाको रहेको बताइएको छ ।

ती तत्कालीन ब्रिटिश कोलम्बियास्थित क्याम्लुप्स इण्डियन आवासीय विद्यालयका विद्यार्थी भएको बताइएको छ ।

१९ औं शताब्दीदेखि सन् १९७० को दशकसम्म विश्वका विभिन्न देशबाट एक लाख ५० हजारभन्दा धेरै बालबालिकालाई क्यानाडामा ल्याएर राज्यद्वारा अनुदान प्राप्त क्रिश्चियन स्कुलहरूमा भर्ना गरिएको थियो ।

उनीहरूलाई इसाई धर्म मान्न बाध्य बनाइएको थियो भने मातृभाषा समेत बोल्न दिईंंदैनथ्यो । त्यसबखत धेरैलाई शारीरिक दुर्व्यवहार हुँदा ६ हजारभन्दा बढीको मृत्यु भएको बताइन्छ । पछि सन् १९७८ मा उक्त विद्यालय बन्द गरिएको थियो ।

उक्त खबर बाहिरिएपछि क्यानाडाली प्रधानमन्त्री जस्टिन टुडोले यो मुलुकको इतिहासकै एक अन्धकार र लाजमर्दो अध्याय भएको बताएका छन् ।

उता क्याम्लुप्स शहरका मेयरले उक्त विद्यालयको प्रशासनले कहिल्यै पनि त्यति ठूलो सङ्ख्यामा विद्यार्थी बेपत्ता भएको विवरण तथा तथ्याङ्क नै नराखेको वा हराएको बताएका छन् ।

टिप्पणीहरू