नदीमा खसेका दुईको मृत्यु, नौ को उध्दार

नदीमा खसेका दुईको मृत्यु, नौ को उध्दार

चितवनको भरतपुर महानगरपालिका-१ ठिमुरास्थित त्रिशुली नदीमा खसेर दुई जना बेपत्ता भएका छन् । चितवन र तनहुँ जोड्ने निर्माणाधीन पुलमा काम गर्ने ११ जना कामदार आज बिहान नदीमा खसेको प्रहरीले जनाएको छ ।

खसेका ९ जनालाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाईएको छ । बेपत्ता दुई जनाको सशस्त्र प्रहरी १७ नं गणबाट खटिएको सई नेतृत्वको टोलीले खोजी गरिरहेको बताइएको छ ।

 

तस्विरः शान्ता अधिकारी । भरतपुरको ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन ‘पिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ । 

टिप्पणीहरू