जुस खुवाएर भुस पार्ने पक्राउ

जुस खुवाएर भुस पार्ने पक्राउ

जुसमा नशालु पदार्थ मिसाएर खुवाएपछि लुटपाट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यकाका विभिन्न ठाँउमा जुसमा नशालु पदार्थ मिसाएर अचेत पारी धनमाल लुटपाट गर्दै आएका अर्जुनबहादुर केसीलाई सोमबार सुन्धाराबाट प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक,चौतारा साँगाचोकगढी नगरपालिका–६ घर भई हाल भक्तपुरको धुन्चेपाखा हाईटमा बसोबास गर्दै आएका केसीले दुई वर्षदेखि जुसमा नशालु पदार्थ मिसाएर पिलाउने र अचेत पारेर धनमाल लुटपाट गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जग्गाको कारोबारीसमेत रहेका केसी पिसहोम नेपाल सुधार केन्द्र बनेपा,पनौतीमा कार्यरत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए ।

टिप्पणीहरू