बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आएन

बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आएन

इटहरी उपमहानगरपालिका–१० स्थित तिरुपति प्लाई उद्योगमा बिहानै लागेको आगलागी अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

सोमबार बिहान ७ बजेको समयबाट शुरु भएको आगलागी अहिलेसम्म पनि नियन्त्रणमा नआएको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले बताउनुभयो ।

करिब २ बिगाहा क्षेत्रफलमा रहेको उक्त प्लाई उद्योगमा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको मेयर चौधरीले बताउनुभयो । उहाँका अनुसार आगलागी नियन्त्रणका लागि इटहरी उपमहानगरपालिका, सुन्दरहरैँचा नगरपालिका, उर्लाबारी नगरपालिका,विराटनगर महानगरपालिका र इनरुवा नगरपालिकाका दमकलहरुले सक्दो प्रयास गरिरहेका छन् ।

आगलागीबाट भएको क्षतिको विवरण आउन समय लाग्ने जनआस्थासँगको कुराकानीमा मेयर चौधरीले बताउनुभएको छ ।

टिप्पणीहरू