डढेलाे गाउँ पस्दा ३ घर र १५ बाख्रा सखाप
बलानशिर सामुदायिक बन क्षेत्रकाे जङ्गलमा लागेको डढेलाेले उदयपुरगढी गाउँपालिका वडा न ७ झाक्रीखोप सिसाघारीकाे तीन घरसहित करिब २२ लाखको क्षति भएकोे छ ।
डढेलाेले गाउँले रघु बहादुर आले, भेष राज राना र वीर बहादुर गुरुङको घर जलेर नष्ट भएको छ । आगलागी ४ बजे दिउँसोतिर भएको हाे ।
डढेलोले गर्दा भएको आगलागीमा १५ वटा बाख्रा, सुन चादी अन्न बाली र नगद सहित अन्दाजी २२ लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

टिप्पणीहरू