रेडपाण्डा चोर्ने छवाङ चौँरी गोठमा पक्राउ

रेडपाण्डा चोर्ने छवाङ चौँरी गोठमा पक्राउ

दुर्लभ वन्यजन्तु रेडपाण्डा चोरीका फरार अभियुक्त पक्राउ परेका छन् । रेडपाण्डा चोरी शिकारीको मुद्धामा कैद सजाय सुनाइएका रसुवाका छवाङ तामाङ आइतबार चौरी गोठबाट समातिएका हुन् ।

तामाङलाई जिल्ला अदालत रसुवाले २०७५ बैशाख २४ गते चोरी शिकारीको मुद्धामा एक वर्ष कैद सजाय सुनाएको थियो । तर उनी फरार रहँदै आएका थिए ।

आमाछोदिङ्मो गाउँपालिका-५ चिलिमेका तामाङलाई आइतबार रसुवा प्रहरीले तातोपानीस्थित उनको चौरी गोठबाट पक्राउ गरेको जनाइएको छ ।

प्रहरी चौकी थाम्बुचेतबाट खटिएको टोलीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको प्रहरीले जानकारी दिएको छ।

टिप्पणीहरू