कोरोनाको दोस्रो लहर,सर्वत्र त्रासको कहर

कोरोनाको दोस्रो लहर,सर्वत्र त्रासको कहर

अघिल्लो वर्ष चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको त्रास बीचमा घटेपनि फेरि बढेको छ । युरोपका केही देशमा तेस्रो लहर देखा परेको छ भने छिमेकी भारतलगायत केही मुलुकमा दोस्रो लहर आइसकेको छ ।

पछिल्लो समय नेपालमा पनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या पुनः बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा नेपालमा ८५ जना नयाँ संक्रमित थपिएका छन् भने एकै दिन तीन जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

आइतबार नेपालमा थप ८९ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका हुन् । मुलुकमा हालसम्म २ लाख ७६ हजार ८ सय ३९ जना संक्रमित फेला परेका छन् । यसमध्ये २ लाख ७२ हजार ५ सय ३० जना निको भएका छन् । मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।

उता, छिमेकी मुलुक भारतमा शनिबार एकैदिन ६२ हजार ६ सय ३१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने ३ सय ११ जनाको ज्यान गएको छ ।
पश्चिमा केही राष्ट्रले भने तेस्रो लहर देखिएको भन्दै लकडाउन घोषणा गरिसकेका छन् ।

तर, भाइरस उत्पन्न भएको चीनमा पछिल्लो चौबिस घण्टामा १५ जना मात्र नयाँ संक्रमित थपिएको प्राप्त तथ्याङ्कमा उल्लेख छ ।

टिप्पणीहरू