चालिस बर्षसम्म छोरा कुर्दै बूढी आमा (भिडियाे)

चालिस बर्षसम्म छोरा कुर्दै बूढी आमा (भिडियाे)

विनाकारण ४० वर्ष भारतमा कैदी जीवन बिताएर हिजो छुटेका इलामका दुर्गाप्रसाद तिमिल्सिना झापा आइपुगेका छन् । आज मेची पुल तरेर काकडभिट्टा आइपुगेका उनी भर्खरै झापाबाट गृहजिल्ला इलामतर्फ लागेका छन् ।

दुर्गाको स्वागतका लागि अहिले उनको गाउँ इलामको माइ नगरपालिका-१० लुम्बुकमा स्थानीय र पत्रकारको ठूलो भीड लागेको छ । ४० वर्षपछि छोरा भेट्ने खुशीमा दुर्गाकी ८५ वर्षिया आमा ब्यग्र प्रतिक्षामा देखिएकी छन् ।

कामको खोजीमा २०३७ सालमा दार्जिलिङ पुगेका दुर्गालाई त्यहिँ रहँदा पश्चिम बंगाल सरकारले हत्याको अभियोगमा जेल पठाएको थियो । शारीरिक र मानसिक रुपमा कमजोर दुर्गालाई घर पुर्याउन अदालतले वाणिज्य दूतावासको नाममा आदेश दिएको थियो ।

उनी रिहा भए पनि बिना सुनुवाइ ४ दशक जेलमा सडाउने भारत सरकारले क्षतिपूर्ति दिने कुनै सुरसार झिकेको छैन । यही इलामका गोविन्द मैनाली पन्ध्र बर्ष जेल बसेर छुट्दा जापान सरकार करोड क्षति तिर्न बाध्य भएको थियो ।

https://www.facebook.com/100055615313003/videos/pcb.229221568941685/229220848941757

टिप्पणीहरू