मिर्गौला रोगीलाई झापाली समाज माल्टाको आर्थिक सहयोग
वैदेशिक रोजगारीको क्रममा युरोपको माल्टामा रहेका नेपालीहरूले हल्दिवारी, ३ झापाकी मिर्गौला रोगी मञ्जु ठकुरीलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् ।
अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य रास्ट्र झापाली समाज माल्टा र माल्टामा कार्यरत नेपालीहरूले सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त रकम हस्तान्तरण गरेको समाजका संयोजक शर्मिला वस्नेतले जानकारी दिएकी हुन् ।
झापा जिल्ला हल्दिबारी ३ की ठकुरीको उपचारमा थप सहयोग गर्न वडाध्यक्ष रोशन शिवाकोटीले पत्राचार गरेपछि माल्टामा कार्यरत ३५ जना दाताहरूबाट संकलित ९० हजार रुपैयाँ संकलन गरिएको थियो । अस्ति आइतबार झापाली समाज माल्टाका प्रतिनिधि एगराज राउतले पीडित बिरामीको घरमै पुगी सहयोग रकम हस्तान्तरण गरेका थिए ।
त्यसक्रममा ठकुरीले झापाली समाज माल्टा र सहयोगी सबैलाई धन्यवाद दिएकी छिन् ।
टिप्पणीहरू