आज श्रीपञ्चमी पर्व
आज नेपालभर विद्याकी देवी सरस्वतीको पूजाआजासहित श्रीपञ्चमी पर्व मनाईंदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीको दिन मनाइने यस पर्वलाई विद्या,कला, शव्द,विज्ञान र विचारको देवीको रुपमा सरस्वतीको पूजा गरी मनाउने गरिन्छ ।

प्रिन्सिपल भोजकुमार धमला
सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले आजैका दिनदेखि स–साना बालबालिकालाई अक्षराम्भ गराइन्छ । यसो गराउँदा बालबालिकाको मानसपटलमा शिक्षासम्बन्धी चेतनास्तर बढ्ने र सकारात्मक धारणाको विकास हुने जोन एकेडेमी,बौद्ध, काठमाण्डौका प्रिन्सिपल भोजकुमार धमला बताउनुहुन्छ । आजबाट हिउँदको जाडो सकिएर बिस्तारै न्यानो वसन्त ऋतु शुरु हुने हुँदा आजको दिनलाई वसन्तपञ्चमी समेत भनिन्छ । आज बिहानैदेखि उपत्यकाका नीलवाराही,स्वयम्भू,लाजिम्पाट र ललितपुरको लेलेमा रहेको सरस्वती मन्दिरमा पूजाआजा गर्नेको घुईंचो लागेको छ भने सरकारी तथा निजी विद्यालयहरूले विभिन्न कार्यक्रम आयोजना गरेर सरस्वती पूजा र श्रीपञ्चमी पर्व मनाइरहेका छन् ।
श्रीपञ्चमीको दिन बिबाह, व्रतबन्ध,गुफाजस्ता धार्मिक कार्यको लागि साइत जुराउन नपर्ने धार्मिक मान्यता रहेको छ । आजै काठमाण्डौंको हनुमानढोका दरबारमा वसन्त श्रवण गर्ने प्रचलन समेत छ । पहिले राजाको उपस्थितिमा हुने वसन्त श्रवणमा अहिले राष्ट्रपतिको उपस्थिति हुने गरेको छ । आज रास्ट्रपति बसन्तपुर जाँदा ट्राफिक जाम ठूलो थियो ।
टिप्पणीहरू