भैरहवामा कांग्रेसको काइदा, बाेल्दा घाटा, लेख्दा फाइदा

भैरहवामा कांग्रेसको काइदा, बाेल्दा घाटा, लेख्दा फाइदा

संविधान रक्षार्थ र प्रतिगमनबिरुध्द नेपाली कांग्रेस रुपन्देहीद्वारा आयाेजित विराेधसभा लेखिएकाे ठूलाे ब्यानर अगाडि उभिएर पार्टी सभापति शेरबहादुर देउवाले भने, “संसद बिघटनबिरुद्ध अहिले केही नबाेलौँ । ”

शेर बहादुर देउपा

देउवाले त्यसाे भनिरहँदा भैरहवाकाे हनुमान मन्दिर परिसरमा जम्मा भएका कांग्रेसजन कानेखुशी गरिरहेका थिए “बडेमानका अक्षरमा लेख्न हुने, अनि फेरि बाेल्न नहुने ! ”

देउवाले कम्युनिस्टहरु आफै झगडा गरेर सिध्दिनेसमेत बताए । उनले भने,”आफै आफै लडिरहेका छन् । हामी के बाेल्नु पर्याे !”

देउवाले जुलुसकाे अाधारमा अदालतले निर्णय गर्ने हाे भने किन कानुन चाहियाे भन्दै अदालतले सहि निर्णय गर्ने बताए । भने,”अदालतले संसद पुनर्स्थापना ठीक हाे भन्याे हामीलाई त्याे पनि ठीक छ,चुनाव गर भने पनि ठीक छ । अदालतमा बिचाराधीन मुद्दामा यसाे गर उसाे गर भन्ने हाेइन । अदालतकाे फैसला आएपछि निर्णय गरौंला ।”

उनले निर्वाचन आयाेगप्रति आक्राेश ब्यक्त गर्दै भने- म यहि सभाबाट भन्छु निर्वाचन आयाेग किन चुप छ ? कुनै पनि संसद विघटन भएकाे छ महिनाभित्र चुनाव गराउनै पर्छ । निर्वाचन अायाेगलाई मतलबै छैन । प्रधानमन्त्री ओलीले संसद बिघटन गरेकाे छ महिनाभित्रै चुनाव गराउनै पर्छ । बैशाखभित्र निर्वाचन गराउँछु भनेर ओलीले भन्ने तर निर्वाचन आयाेगले चुनावी कार्यक्रम नदिने ?
निर्वाचन अायाेगमाथि शंका सृजना भएकाे छ । अदालतकाे निर्णय पर्खिने हाेइन ।”

सभामा कांग्रेस नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सभापति देउवाले भनेकाे भन्दै थपे,” सभापतिले भन्नुभएकाे थियाे , कथमकदाचित जनता झुक्किएर भाेट दिए पनि कम्युनिस्ट सरकारले जनतालाई हाँस्न नदिने र बाेल्न पनि नदिने बताउँदा हामीले पत्याएनौ । कम्युनिस्ट पार्टीकाे सरकार बनेपछि जनतालाई हाँस्न पनि दिइएन । तर अब रुने दिने कम्युनिस्टकाे शुरु भयाे । खासगरिकन केपी ओलीकाे । ”

उनले भने, “याे अधिनायकवादकाे यात्रा राेक्न कांग्रेसले अगुवाई गर्छ । ओली सरकारका मन्त्रीहरुले झिटिगुन्टा बाँध्न शुरु गरे हुन्छ ।”
खाँणले जाे जसले लाेकतन्त्र स्वीकारेनन् ती सकिएका उदाहरण दिदै भने,” हिजाे राणा,पन्चायत र राजा ज्ञानेन्द्रले संविधानकाे बिपक्षमा गई,जनताकाे अधिकार स्वीकार्न नखाेज्दा सबै सिध्दिए । त्यसैगरी यतिबेला कम्युनिस्ट प्रधानमन्त्री ओलीले संविधान च्यात्न खाजेका छन् । उनी पनि सिध्दिन्छन् । कम्युनिस्ट पनि सकिन्छन् ”

“कांग्रेस एक हुनु जरुरी छ । ओलीकाे कदम प्रतिगामी हाे । याे सरकारलाई एक मिनेट सरकारमा बस्न अधिकार छैन । जनताले दिन गन्न थालिसके ।” खाँणले भने ।
उनले प्रधानमन्त्री ओलीलाई चुनाैति दिदै भने ,”ओलीजीले लक्ष्मण रेखा नाघ्नुभयाे भने नेपाली कांग्रेसले सरकारबिरुद्ध हाेइन कम्युनिस्टबिरुद्ध अान्दाेलन घाेषणा गर्न बाध्य हुनेछ । त्यतिबेला कम्युनिस्टहरुसंग अाँशुबाहेक केही हुने छैन ।”

भैरहवामा कांग्रेस

सभामा संसदकाे लेखा समिति सभापति भरतकुमार शाहले ओलीले रेडिमेड मान्छे तयार गरेर अामसभा गरेकाे बताए । उनले सभामा भेला भएका मान्छेहरु देखाउँदै भने,” यी जनता यसरी अाउनुपर्छ । हरेक जिल्लामा फरक फरक जनता ,हरेक ठाउँमा फरक फरक कार्यकर्ताकाे उपस्थिति । तर ओलीले मान्छेहरु तयार गरेका छन् । कहिले ती मान्छे बुटवल कहिले ती मान्छे दरबारमार्ग त तिनै मान्छे धनगढीमा देखिन्छन् ।”

टिप्पणीहरू